Rule 13
प्रदेश निर्देशक समितिको काम, कर्तव्य र्‌ अधिकार
प्रदेश निर्देशक समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-- (क) सम्बन्धित प्रदेश भित्रको श्रम बजारको माग र विद्यमान जनशक्तिको उपलब्धताको विश्लेषण र प्रक्षेपण गर्ने, (ख) बेरोजगार व्यक्तिका लागि रोजगार वा स्वरोजगारको व्यवस्था गर्न आवश्यक नीति प्रदेश सरकार समक्ष सिफारिस गर्ने, (ग) सम्बन्धित प्रदेश भित्रको बेरोजगार व्यक्तिको अद्यावधिक अभिलेख तयार गर्न लगाउने, (घ) बेरोजगार व्यक्तिलाई प्रदान गरिने निर्वाह भत्ताको सम्बन्धमा प्रदेश सरकारलाई सुझाव दिने, (ङ) सम्बन्धित प्रदेश भित्र सञ्चालित बेरोजगार सहायता कार्यक्रमको कार्यान्वयनको मूल्याङ्कन गर्ने, (२१ (च) सम्बन्धित प्रदेश भित्रका सरकारी, निजी तथा गैरसरकारी निकायहरुसँग रोजगार सिर्जनाका लागि आवश्यक समन्वय गर्ने, (छ) समितिले दिएको मार्गदर्शन बमोजिम काम गर्ने ।